काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगर किंग्स विजयी भएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र जोड्न सफल भयो ।
यसअघि दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा थियो । यो विराटनगरको लगातार तेस्रो जित हो ।
जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंककासाथ सातौ स्थानमा छ । आजै हुने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।



