शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुदूरपश्चिमले कर्णाली याक्सलाई दियो १४० रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर ८, २०८२ सोमबार
  • 347
    SHARES
  • सुदूरपश्चिमले कर्णाली याक्सलाई दियो १४० रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ ।

    images

    सोमबार त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो खेलमा सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो । 

    सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडेका छन् । 

    images

    दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेर तेस्रो स्थानमा छ । 
    एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # सुदूरपश्चिम रोयल्स