काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा काठमाण्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाण्डु गुर्खाजले २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
काठमाडौँका लागि कप्तान करण केसीले ३४ रन बनाए भने आकाश त्रिपाठीले ३२ रन बनाए । त्यसैगरी सन्तोष यादवले २६बनाउँदा मिलिंद कुमार १७ रन जोडे ।



