शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

एक्सप्रेस पाना
मंसिर १०, २०८२ बुधबार
  • 133
    SHARES
  • एनपीएल सिजन २:आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। 

    images

    बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् । 

    विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन्। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ।

    images

    विराटनगरले हालसम्म हारको सामना गरेको छैन। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ। चितवन तालिकाको पाँचौं स्थानमा रहेको छ। पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो । 

    एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

  • सम्बन्धित विषय:

  • # विराटनगर किंग्स
  • # चितवन राइनोज