आइतबार, भाद्र २८ गते २०८३
images

टी-२० विश्वकप २०२६ को खेल तालिका सार्वजनिक,नेपालले पहिलो खेल इङ्ग्ल्यान्डसँग खेल्ने

एक्सप्रेस पाना
मंसिर १०, २०८२ बुधबार
  • 588
    SHARES
  • टी-२० विश्वकप २०२६ को खेल तालिका सार्वजनिक,नेपालले पहिलो खेल इङ्ग्ल्यान्डसँग खेल्ने

    काठमाडौं । भारत र श्रीलङ्कामा सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपका लागि खेल तालिका सार्वजनिक भएको छ।

    images

    मंगलबार आईसीसीले २० वटा देशलाई चार समूहमा राखेर खेल तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछन् । 

    समूह ‘सी’ मा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ग्ल्यान्डसँग हुनेछ भने दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुनेछ । 

    images

    प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।

     

  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप २०२६