शुक्रबार, श्रावण २९ गते २०८३
images
images

परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:प्रधानमन्त्री कार्की

एक्सप्रेस पाना
मंसिर ११, २०८२ बिहीबार
  • 132
    SHARES
  • परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् । 

    images

    बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । 

    उनले भनिन्,‘बदलियो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने रहेछ । हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता देखिन्छ । यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई सहयोग गर्ने सामाजिक ऐक्यवद्धताको सिद्धान्तमा आधारित उत्पादनमुलक समाजको निर्माण हुने रहेछ ।’ 

    images

    त्यस्तै उनले आफू जुनसुकै भूमिकामा भएपनि सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण व्यक्त गरिन् । 

    ‘कोषको रकमलाई न्यायोचित प्रतिफलसहित सहित राज्यले आन्तरिक पुँजीको रुपमा परिचालन गर्ने विषयलाई कसरी प्रष्ट दिशा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरि राज्यप्रति नागरिकको अपतनत्व सृजनागरि सम्बोधनको लागि वातावरण निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु । म जुनसुकै भूमिकामा भएपनि यहाँहरुको सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण गर्न चाहन्छु,’उनले भनिन् 

  • सम्बन्धित विषय:

  • # सुशीला कार्की
  • # सामाजिक सुरक्षा