काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी पहिलो खेलमा लुम्बिनीले १९.४ ओभरमा अलआउट हुदैँ १४३ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाए भने दिलिप नाथले ३१ रन जोडे । डार्सी सर्ट १८, सुमित महर्जन १८, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए ।



