काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा लुम्बिनीलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम विजयी भएको हो ।
सुदुरपश्चिम रोयल्सले १८.२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६९ रन बनाए भने आरिफ सेखले ३९ रन जोडे ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ । आजको खेल जितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।



