काठमाडौं । नेपाल एसीसी पुरुष यू–१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।
बिहिबार भएको खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । २७१ रनको लक्ष्य पछाएको हङकङले ४०.५ ओभरमा अल आउट हुदै १५१ रन मात्र बनायो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको थियो ।
नेपालले अब सेमिफाइनल शनिबार मलेसियासंग खेल्नेछ ।


