काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान भएको दोस्रो खेलमा पोखराले जनकपुर बोल्टसलाई २५ रनले पराजित गरेको हो । पोखराले दिएको १५६ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १३० रन बनायो ।
जनकपुरका लागि वाने प्रनिलले सर्बाधिक ५० रन बनाए भने संजय कृष्णमुर्थीले २५ र माज सदाकतले २० रन बनाए । त्यस्तै पोखराका बलर विपिन खत्रीले सर्बाधिक ४ विकेट लिए ।



