काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा काठमाडौं गोर्खाजले १९.४ ओभरमा अलआउट हुदैँ १४२ रन बनाएको हो ।
काठमाडौंको लागी जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए भने मिलिन्दले ३८ रन बनाए ।
चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ ।



