शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १३, २०८२ शनिबार
  • 164
    SHARES
  • एनपीएल सिजन २:जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । 

    images

    शनिबार त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो खेलमा जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको हो । 

    जनकपुरले आजको खेलमा कप्तान परिवर्तन गरेर आजको लागि कप्तानी वायन पार्नेललाई दिइएको छ । 

    images

    सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

    जनकपुर बोल्ट्सको यो चौथो खेल हो । जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन । पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # जनकपुर बोल्ट्स