शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै

एक्सप्रेस पाना
मंसिर १४, २०८२ आइतबार
  • 111
    SHARES
  • एनपीएल सिजन २:आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् । 

    images

    आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली भिड्न लागेका हुन् । 

    कर्णालीको कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौंको नेतृत्व करण केसीले गरेका छन् । कर्णालीले चारवटा खेल खेल्दा एउटामात्र जित हासिल गरी दुई अङ्कले कर्णाली छैटौं स्थानमा छ । केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ ।

    images

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # काठमाडौं गोर्खाज