काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा कर्णालीले २० ओभरमा ७ विकेट गुमाउँदै १४९ बनाएको हो ।
कर्णालीका लागि गुल्सन झाले उत्कृष् पारी खेले । उनले २२ बलमा नटआउट ४९ रन बनाए । पवन सर्राफले ३५ र मार्क वाटले ३० रन जोडे । नजिबुल्लाह जदरानले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्



