शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल सिजन २:कर्णाली याक्सलाई हराउँदै काठमाडौं गोर्खाज विजयी

एक्सप्रेस पाना
मंसिर १४, २०८२ आइतबार
  • 222
    SHARES
  • एनपिएल सिजन २:कर्णाली याक्सलाई हराउँदै काठमाडौं गोर्खाज विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सलाई हराउँदै काठमाण्डु गोर्खाज विजयी भएको छ । 

    images

    आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीलाई ५ विकेटले हराउँदै काठमाण्डु विजयी भएको हो । १५० रनको लक्ष्य पछाएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    यो सँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ । कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ ।काठमाण्डुको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए । 

    images

    जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे । वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो ।

    कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे । उनले २२ बलमा अविजित ४९ रन बनाए । मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए । बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक÷एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # काठमाडौं गोर्खाज