काठमाडौं । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको फाइन खेलमा यूएईले नेपाललाई १४८ रनको लक्ष्य दिएको छ ।
सोमबार अजमानस्थित करवान मैदानमा जारी फाइनल खेलमा यूएईले ४५.५ ओभरमा अलआउट हुदैँ १४७ रन बनाएको हो । यूएईको लागी अहमद खुदादादले ७१ रन बनाए भने नुरउल्लाह अयोबीले २६ रन बनाए ।
नेपालका लागि दयानन्द मण्डलले ६ विकेट लिए ।


