शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

एक्सप्रेस पाना
मंसिर १५, २०८२ सोमबार
  • 127
    SHARES
  • कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

    काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सहमति जुटेको छ ।

    images

    सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो ।

    कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ । महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।

    images

    विशेष महाधिवेशन पक्षधर नेताहरूको भावना समेत सम्बोधन हुनेगरि पुसमा महाधिवेशन गर्ने सहमति बनेको हो ।
    उक्त सहमतिसँगै यही मंसिर २३ गते म्याद सकिने शेर बहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # कांग्रेस महाधिवेशन