शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:चितवन राइनोजमाथी जनकपुर बोल्ट्सको शानदार जित

एक्सप्रेस पाना
मंसिर १६, २०८२ मंगलबार
  • 170
    SHARES
  • एनपीएल सिजन २:चितवन राइनोजमाथी जनकपुर बोल्ट्सको शानदार जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजलाई हराउँदै जनकपुर बोल्ट्स विजयी भएको छ । 

    images

    मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुर विजयी भएको हो । यस संस्करणमा जनकपुरको यो पहिलो जित हो ।

     १७७ रनको लक्ष्य पछाएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । जनकपुरको लागी अनिल शाहले ६१ रन बनाए भने माज सदाकतले ६३ रन बनाउँदा आसिफ सेखले १८ जोडे । 

    images

    यसअघि चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ बनाएको थियो । 

  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्ट्स
  • # :चितवन राइनोज