काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।
मंगलबार जारी दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको हो ।
पोखराका लागि एडम रोसिङ्टनले अविजित १०८ रनको शतकीय पारी खेले भने जासन रोयले ४६ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १८ रन बनाए ।



