काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को २२ औं खेलमा विराटनगर किंग्सले पहिलो ब्याटिङ गर्दैछ ।
बुधबार हुने खेलमा विराटनगर किंग्सविरुद्ध टस जितेर लुम्बिनी लायन्सले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै विराटनगर ब्याटिङमा छ ।
दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ ।



