काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स विजयी भएको छ ।
बुधबार भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको हो । १४५ रनको लक्ष्य पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
लुम्बिनीको लागी डिआर्ची शर्टले सर्बाधिक ५७ रन बनाए भने निरोशन डिकवेलाले अविजित २९, सन्दीप जोराले २४, दिलिप नाथले १६ र सुमित महर्जनले १२ रन बनाए।



