आइतबार, भाद्र २८ गते २०८३
images

एनपीएल सिजन–२:काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १८, २०८२ बिहीबार
  • 143
    SHARES
  • एनपीएल सिजन–२:काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । 

    images

    बिहिबार टीयू क्रिकेट मैदानमा जारी पहिलो खेलमा काठमाण्डुले २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको हो । 

    काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै  सर्वाधिक ६४ रन बनाए । त्यस्तै भीम सार्कीले अर्धशतक बनाए । 

    images

    काठमाडौंको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमाडौंको शीर्ष २ मा पर्दै क्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ । 

    पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन–२