काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई हराउँदै काठमाण्डु गोर्खाज विजयी भएको छ ।
विहिबार भएको खेलमा पोखरालाई १३ रनले पराजित गर्दै काठमाण्डु विजयी भएको हो । १६६ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा अल आउट हुदै १५२ रन मात्र बनायो ।
पोखराका लागि ऋषि धवनले सर्बाधिक ५४ रन बनाए भने धनन्जय लक्शानले ३० रन बनाउँदा कुशल भुर्तेलले २२ रन जोडे ।
काठमाण्डुका बलर शाहाब आलमले ६ विकेट लिए । आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका हुन् । यो संगै काठमाण्डु प्लेअफमा प्रवेश गरेको छ । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो ।



