शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सको उत्कृष्ट प्रदर्शन,चितवन राइनोज ४९ रनले पराजित

एक्सप्रेस पाना
मंसिर १८, २०८२ बिहीबार
  • 190
    SHARES
  • एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सको उत्कृष्ट प्रदर्शन,चितवन राइनोज ४९ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले छैटौं जित निकालेको छ । 

    images

    बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

    १७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमै अलआउट हुँदै १२० रनमा सीमित भयो। चितवनका लागि रवि बोपाराले २९ रन बनाए भने देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन जोडे।

    images

    बलिङतर्फ सुदूरपश्चिमका पुनीत मेहराले प्रभावशाली बलिङ गर्दै ३ विकेट लिए। उनीसहित दिपेन्द्र सिंह ऐरी, अविनाश बोहोरा र इशान पाण्डेले एक–एक विकेट हात पारे।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाउन सफल भए । ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । 

     

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन २