शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई दियो १३३ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १९, २०८२ शुक्रबार
  • 154
    SHARES
  • जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई दियो १३३ रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको हो । 

    जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

    images

    बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्ट्स
  • # लुम्बिनी लायन्स