शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

एक्सप्रेस पाना
मंसिर १९, २०८२ शुक्रबार
  • 187
    SHARES
  • एनपीएल सिजन २:जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्स विजयी भएको छ । 

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको हो । १३३ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४ रन बनाए भने डिआर्ची शर्टले ३० रन बनाउँदा जेजे स्मिटले २१ रन रदिलिपनाथले अविजित १५ रन बनाए । 

    images

    यसअघि जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

    बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

    लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् । जनकपुर बोल्ट्स,पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ । प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्स हाल १२ अंकसहित शिर्ष स्थानमा छ । 

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # जनकपुर बोल्ट्स
  • # एनपीएल सिजन २