काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
शनिबार टियु क्रिकेट मैदानमा जारी पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि आरिफ सेखले सर्बाधिक ४५ रन बनाए भने इशान पाण्डेले ३८ रन जोडे ।
त्यसैगरी विराटनगरका बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने प्रतिस जिसीले २ र बसिर अहमदले एक विकेट लिए ।



