शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:पोखराले चितवनलाई ८ विकेटले हरायो

एक्सप्रेस पाना
मंसिर २०, २०८२ शनिबार
  • 160
    SHARES
  • एनपीएल सिजन २:पोखराले चितवनलाई ८ विकेटले हरायो

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा चितवन राइनोजलाइ पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ ।

    images

    शनिबार टियु क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखराले चितवनलाई ८ विकेटले पराजित गरेको हो । १२१ रनको लक्ष्य पछाएको पोखराले १९.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । 

    पोखराको लागी एडम रोसिंगटनले सर्बाधिक ६५ रन बनाए भने अर्जुन कुमालले अविजित ४३ रन बनाए । 

    images

    यसअघि चितवन राईनोजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको थियो । 

    चितवनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको थियो । चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् । 

    चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

    पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # चितवन राइनोज
  • # एनपीएल सिजन २