शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी,छिट्टै पुनर्निर्माण गर्न सुझाव

एक्सप्रेस पाना
मंसिर २१, २०८२ आइतबार
  • 156
    SHARES
  • सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी,छिट्टै पुनर्निर्माण गर्न सुझाव

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार अवलोकन गरेका छन् ।

    images

    सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।

    उनले भनिन्,‘भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए। सिंहदरबारको अवस्था परिवर्तन भएको देख्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले छिट्टै पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउनेछ भन्ने आशा गर्दछु ।’

    images

    भण्डारीले जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामाथि गरिएको आक्रमण आवश्यक नभएको उल्लेख गर्दै यस्तो घटना देशको इतिहासमै अत्यन्त दुखद भएको टिप्पणी गरिन् ।

    उनले भनिन्, ‘जेनजी  आन्दोलनमा सरकारी भवनहरुमा यस्तो गर्नुपर्ने थिएन, नेपाली जनताको लागि एउटा दुःखद घटना भयो । नेपालको इतिहासमा कहिले नभएको दुःखद एउटा घटना घट्यो ।’

  • सम्बन्धित विषय:

  • # विद्यादेवी भण्डारी
  • # जगदीश खरेल