शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:कर्णाली याक्सको रोमाञ्चक जित,जनकपुर बोल्ट्स ३ रनले पराजित

एक्सप्रेस पाना
मंसिर २१, २०८२ आइतबार
  • 103
    SHARES
  • एनपीएल सिजन २:कर्णाली याक्सको रोमाञ्चक जित,जनकपुर बोल्ट्स ३ रनले पराजित

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै कर्णाली याक्स विजयी भएको छ । 

    images

    आइतबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो । १३० रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन मात्र बनायो । 

    जनकपुरका लागि संजय कृष्णमुर्थीले सर्बाधिक ५१ रन बनाए भने संगीथ कूरेले २५ रन बनाए । त्यस्तै कर्णालीका,विलियम बोसिस्टोले २ विकेट लिए भने मार्क वाट, पवन सराफ, नन्दन यादव र सोमपाल कामीले एक एक विकेट लिए ।   

    images

    यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । 
    कर्णालीका लागि ओपनर इमरान शेखले ३३ रन बनाउँदा गुल्शन झाको नाममा १९ रन रह्यो । 

    अर्का ओपनर मार्क वाट ४ रनमै आउट हुँदा प्रियाङ्क पान्चालले १६ रन जोडे । विलियक बोसिस्टोले १५ रन बनाउँदा नजिबुल्लाह जद्रान १३ रनमा आउट भए । कप्तान सोमपाल कामीले १८ रन जोडे । जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिँदा अनिल साह, माज सदाकत र संगिथ कुरेले एक–एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # जनकपुर बोल्ट्स