शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनसेल भवन अनुगमनमा संचारमन्त्री,ग्रामीण भेगमा इन्टरनेट विस्तार गर्न आग्रह

एक्सप्रेस पाना
मंसिर २२, २०८२ सोमबार
  • 138
    SHARES
  • एनसेल भवन अनुगमनमा संचारमन्त्री,ग्रामीण भेगमा इन्टरनेट विस्तार गर्न आग्रह

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एनसेलले झण्डै एक सय विद्यार्थीहरुका लागि एक करोडभन्दा बढि छात्रवृत्ति अगाडि बढाएकोमा खुशी व्यक्त गरेका छन् ।

    images

    जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको एनसेल कार्यालयको सोमबार अनुगमनका क्रममा उनले जेनजी आन्दोलनको जगमा सरकार बनेकाले उनीहरुको लागि केही गर्ने इच्छा रहेको अवस्थामा एनसेलले दिन लागेको छात्रवृत्तिले एकदमै खुशी भएको बताए ।

    जेनजीहरु कै लागि भनेर ल्याएको अफर सजिलोसँग कार्यान्वयन हुनुपर्ने र यसलाई जेनजीहरुको पहुँचसम्म पुर्‍याउनुपर्ने पनि उनको भनाई छ ।

    images

    उनले भने, ‘जेनजी आन्दोलनको जगमा यसरकार बनेको र नागरिक सरकार भएको कारणले गर्दा एनसेलले खास गरेर जेनजीहरुको लागि केही गरोस भन्ने चाहना थियो । सोही अनुरुप एनसेलले झण्डै एक सय विद्यार्थीहरुको लागि विभिन्न देशबाट प्रतिस्पर्धा गराएर एक करोडभन्दा बढि जुन छात्रवृत्तिको काम अगाडि बढाएकोमा खुशी लागेको छ । यस्तो कदमका लागि धन्यवाद भन्न चाहन्छु । जेनजीहरु कै लागि भनेर जुन अफर ल्याउनु भएको छ, त्यो अफर सजिलोसँग कार्यान्वयन होस । यसलाई जेनजीहरुको पहुँचसम्म पुर्‍याउनुपर्ने अवस्था छ ।’

    यस्तै, उनले छात्रवृत्ति दिने घोषणा हामीसम्म मात्र सिमित रह्यो अगाडि बढेन भने राम्रो नहुने भन्दै यसलाई जेनजीहरुसम्म प्रभावकारी रुपमा पुर्‍याउनुपर्ने बताए ।

    उनले एभरेष्ट बेस क्याम्प अधिकांश पर्यटक जाने ठाँउ भएको हुनाले त्यो ठाँउमा इन्टरनेटको सहज सुविधा पुर्‍याउनु पर्ने भन्दै त्यसको साथै ग्रामीण क्षेत्रहरुमा पनि इन्टरनेट पुर्‍याउनुपर्ने बताए । बाहिर एनसेलले पैसा खाएको भन्ने कुरा जुन छ त्यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने पनि उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # जगदीश खरेल
  • # संचारमन्त्री