शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने;पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

एक्सप्रेस पाना
मंसिर २२, २०८२ सोमबार
  • 188
    SHARES
  • प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने;पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरुको मागको विषयमा सरकारले पुस २ गतेसम्म निर्णय दिने जानकारी गराएका छन् ।

    images

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि पत्रकारहरूसँगको कुराकानीमा उनले सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जान माग गरेको बताउँदै पुस २ गतेसम्म सरकारले निर्णय दिने जानकारी दिएका हुन् । त्यस्तै उनले सरकारले यदी पुस २ गतेसम्म निर्णय दिन नसके चुनाव नहुने चेतावनी दिए ।

    उनले भने, ‘सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जाऔं । जनताले खुशीसाथले भोट हाल्यो भने त सकियो नि त, झगडा, आन्दोलन लडाइँ नगर्ने हो भने सबै विषयमा जनमत संग्रहमा जाऔं । यदी पुस २ गतेसम्म डिजिसन दिन सक्नुभएन भने चुनाव हुँदैन । चुनाव त चाहिँदैन हामीलाई,’

    images

    त्यस्तै, उनले प्रधानमन्त्री र गृहमन्त्रीले आफूहरुको मागका विषयमा मजाले सुनिदिएको भन्दै यीनै मागहरूलाई भर्‍याङ बनाएर र यीनै गरिबहरूको लासमाथि टेकेर आज कम्युनिष्टहरुले अर्बौं कमाएको कुरा आफूले राखेको सुनाए ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं