काठमाडौं । आजको राशिफल बि.सं २०८२ मंसिर २३ गते मंगलबार इ.सं २०२५ डिसेम्बर ९ नेपाल सम्बत ११४६ थिंलागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष शुक्ल पञ्चमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, एन्द्र योग, तैतिल करण । आज सुर्योदय बिहान ६ बजेर ४३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।
मेष राशि
व्यापार–व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ। आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति सामान्य रहनेछ ।
वृष राशि
लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ। शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ।
मिथुन राशि
निकटवर्ती व्यक्ति वा आफन्तबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। व्यवसायमा समय दिन नसक्दा आम्दानीमा कमी हुन सक्छ। पारिवारिक वातावरणमा मतभेद बढ्न सक्नेछ।
कर्कट राशि
प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हासिल गर्ने योग छ। न्यून लगानीबाट सन्तोषजनक लाभ प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।
सिंह राशि
विवाद वा प्रतिस्पर्धामा सफलता पाउन कठिन हुनेछ। व्यवसायमा गरिएको प्रयासअनुसार प्रतिफल पाउन कठिनाइ हुन सक्छ। शैक्षिक लक्ष्यमा पुग्न बढी समय र मिहिनेत आवश्यक हुनेछ।
कन्या राशि
विविध अवसर प्राप्त हुने समय छ, जसको सही उपयोगबाट आम्दानीमा वृद्धि सम्भव छ। शैक्षिक क्षेत्रमा लक्ष्यअनुकूल प्रगति हुनेछ। छोटो यात्राको सम्भावना रहेकोछ, जसले मानसिक सन्तुलनमा सकारात्मक प्रभाव पार्नेछ।
तुला राशि
पदोन्नति, पुरस्कार वा जिम्मेवारी वृद्धि हुने योग छ। व्यवसायमा नयाँ विस्तारको सम्भावना देखिन्छ। कृषि तथा पशुपालन क्षेत्रसमेत लाभदायक रहनेछ।
वृश्चिक राशि
राजकीय वा प्रशासनिक पक्षबाट अनावश्यक झमेला निम्तिन सक्छ। स्वास्थ्यमा कमजोरी आउने सम्भावना भएकाले सचेत रहनु उचित हुनेछ। प्रतिष्ठामा कमी आउनसक्नेछ।
धनु राशि
शैक्षिक क्षेत्रमा कमजोरी अनुभव हुनसक्छ। काममा ढिलासुस्ती हुने सम्भावना छ, जसले आर्थिक पक्षलाई प्रभावित पार्न सक्छ। व्यवसायमा लगानीको अपेक्षित प्रतिफल प्राप्त नहुन सक्छ।
मकर राशि
स्वास्थ्य सन्तोषजनक रहनेछ। आम्दानीका नयाँ स्रोतहरू सक्रिय हुनेछन्। सामाजिक कार्यमा संलग्न भई सम्मान प्राप्त गर्न सकिनेछ। परिवारमा सुखद् समाचारले हर्षको वातावरण बनाउनेछ।
कुम्भ राशि
समय र परिस्थितिले साथ दिने भएकाले महत्वाकांक्षी योजनाहरू सफल हुनेछन्। लामो दूरीको धार्मिक वा शैक्षिक यात्रा सम्भव छ। व्यवसायमा आफन्त तथा साथीहरूको सहयोग प्राप्त हुनेछ।
मीन राशि
व्यापारमा अपेक्षाअनुसार लाभ लिन समय लाग्न सक्छ। दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा विवाद उत्पन्न हुन सक्छ। अध्ययनमा प्रतिस्पर्धा गर्न कठिनाइ हुन सक्छ।



