शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:पहिलो क्वालिफायर खेलमा आज सुदूरपश्चिम र विराटनगर खेल्दै

एक्सप्रेस पाना
मंसिर २३, २०८२ मंगलबार
  • 147
    SHARES
  • एनपीएल सिजन २:पहिलो क्वालिफायर खेलमा आज सुदूरपश्चिम र विराटनगर खेल्दै

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५का लिग चरणका सबै खेलहरु सकिएपछि आजबाट प्लेअफका खेलहरू सुरु हुँदैछन् ।

    images

    मंगलबार हुने प्लेअफअन्तर्गत पहिलो क्वालिफायर खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ ।

    गत संस्करणको उपविजेता रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको छ भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।

    images

    सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ । आज हुने खेलको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ ।

    त्यस्तै, क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा काठमाडौं र लुम्बिनी खेल्दैछन् ।

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन २