शुक्रबार, श्रावण २९ गते २०८३
images
images

‘भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गरियोस’

एक्सप्रेस पाना
मंसिर २३, २०८२ मंगलबार
  • 117
    SHARES
  • ‘भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गरियोस’

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दहाल प्रचण्डले शनिबार भारतको गोवामा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा आवश्यक राहतको लागी सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । 

    images

    मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगलागीका घटनामा मृत्यु भएका नेपाली हरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै सातजना नेपालीको शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कदम चाल्नुपर्ने बताएका हुन् ।

    उनले लेखेका छन्, ‘भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु । कीर्तिशेष दाजुभाईहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

    images

    साथै संयोजक प्रचण्डले आफ्नो पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि समन्वय र सहजीकरणका लागि निर्देशन दिएका छन् ।

    ‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु। साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु,’ उनले लेखेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड