शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पहिलो क्वालिफायर : विराटनगर किङ्सविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

एक्सप्रेस पाना
मंसिर २३, २०८२ मंगलबार
  • 176
    SHARES
  • पहिलो क्वालिफायर : विराटनगर किङ्सविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै छ । 
     
    मंगलबार हुने प्लेअफको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । योसंगै सुदूरपश्चिम रोयल्स ब्याटिङ गर्दै छ । 

    images

    लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो । त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो ।

    यो खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोली इलिमिनेटरको विजेता हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # विराटनगर किङ्स