काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
मंगलबार हुने प्लेअफको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६३ रन बनाए भने शेल्डन ज्याक्सन र आरिफ सेखले २०-२० रन बनाए ।
यो खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोली इलिमिनेटरको विजेता हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।



