शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन:राजेन्द्र लिङ्देन

एक्सप्रेस पाना
मंसिर २३, २०८२ मंगलबार
  • 173
    SHARES
  • जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन:राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् ।

    images

    मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताएका हुन् ।

    उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबार राख्नको लागि मात्र भएको थिएन् । यो व्यवस्थामा नमिलेका कुराहरु परिवर्तन गर्न, देशमा सुशासनको सुनिश्चितता गर्न, शान्ति स्थायित्वको सुनिश्चितता गर्न र देशभित्रै युवाहरुले गरि खाने वातावरण निर्माण गर्नको लागि थियो । आमूल परिवर्तनको लागि त्यो विध्वंश भएको थियो ।’

    images

    साथै, उनले कसैले जनताको आक्रोश सम्बोधन गर्न चुनाव गराउने र मुलुकलाई अगाडि लैजाने भन्ने सोचेको छ भने त्यो भ्रम मात्र हुने जिकिर गरे । उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने हिसाबले मात्र निर्वाचनमा जानुपर्ने बताए ।

    यस्तै, उनले राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि बढेर देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्दा राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाएको बताए ।

    उनले भने, ‘राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि जाउ र देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्यौं । तर राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाए । सोचेको जस्तो देशको अवस्था छैन्, तपाईहरु सच्चिनु हुन्न्, सुध्रिनु हुन्न् भने भाग्नुपर्ने दिन आउछ है भनेर भनेका थियौं । त्यसलाई त झन् मजामा उठाइयो । हामीले कसैलाई रिस गरेर भनेका थिएनौं ।’

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन
  • # सुशीला कार्की
  • # जेनजी आन्दोलन