शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:इलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
मंसिर २४, २०८२ बुधबार
  • 134
    SHARES
  • एनपीएल सिजन २:इलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् ।

    images

    त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने आजको इलिमिनेटर खेलमा काठमाडौं र लुम्बिनी प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    काठमाडौंको कप्तानीमा करण केसी छन् भने लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिम इलिमिनेटरमा भिड्न लागेका छन् ।

    images

    मंगलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेको छ । यस्तै इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन २
  • # लुम्बिनी