काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को इलिमिनेटरमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।
बुधबार जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.१ ओभरमा अल आउट हुदै १११ रन मात्र बनाएको हो ।
काठमाडौँका लागि सन्तोष यादवले सर्बाधिक २३ रन बनाएभने जोन सिम्पसनले १८ रन बनाए।
त्यस्तै लुम्बिनीका बलर शेर मल्ल र कप्तान रोहित पौडेलले ३(३ विकेट लिएभने रुबेन ट्रम्पेलम्यानले २ र अभिषेश गौतमले एक विकेट लिएका थिए ।



