शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 118
    SHARES
  • एनपीएल सिजन २:दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् ।

    images

    खेल बिहीबार दिउँसो ३:४५ बजे सुरु हुँदैछ । विराटनगर पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।

    आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।

    images

    पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो । लिग चरणमा विराटनगरलाई पाँच विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सुरुमा ब्याटिङ गरेर विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको थियो ।

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन २