एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत आज भएको नयाँ सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । रियलले बार्सिलोनामाथि उसैको मैदानमा २-१ गोलको जित निकालेको हो ।
क्याप नोउमा पाहुना टोली रियलको जितमा डेभिड अलाबा र लुकास भास्क्वेजले १/१ गोल गरे । यता बार्सिलोनाका लागि सर्जियो अगुएरोले एक गोल फर्काए ।
अलाबाले खेलको ३२औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई २-० गोलको अग्रता दिलाए । त्यसको केही मिनेटमा नै अगुएरोले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे । तर बाँकी समय गोल नहुँला रियल २-१ गोलले विजयी भयो ।
उक्त जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । उसले नौ खेलमा २० अंक जोडेको छ । यता पराजित बार्सिलोना भने १५ अंकका साथ आठौँ स्थानमा छ ।


