शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दोस्रो क्वालिफायरमा विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 184
    SHARES
  • दोस्रो क्वालिफायरमा विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

    images

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३४ रन जोडेको हो ।

    पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेलेको हो । एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # विराटनगर किंग्स