शनिबार, भाद्र २७ गते २०८३
images

टि-२० विश्वकप : भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 486
    SHARES
  • टि-२० विश्वकप : भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

    एजेन्सी । पाकिस्तानले टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो ।

    images

    १५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र कप्तान बबर अजामले १५२ रनको कीर्तिमानी साझेदारी गरे ।

    ५५ बल खेलेका रिजवानले सर्वाधिक ७९ रन बनाए । यस्तै ५२ बल खेलका कप्तान अजामले ६८ रनको योगदान गरे ।पाकिस्तानविरुद्ध बलिङ गरेका भारतका कुनै पनि बलर सफल हुन सकेनन् । 

    images

    यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । यस्तै विकेट किपर रिसब पन्तले ३९ रनको योगदान गरेका थिए । भारतका ओपनर रोहित शर्मा शून्य रनमा आउट भएका थिए । 

    टस जितेर फिल्डिङ गरेको पाकिस्तानका लागि शहीद शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । यस्तै हसन अलीले २ विकेट हात पारे । 

    उक्त जितसँगै सुखद् सुरुवात गरेको पाकिस्तानले महत्वपूर्ण २ अंक जोडेको छ । पाकिस्तानले विश्वकप टि-२० क्रिकेटमा भारतलाई हराएको यो पहिलो पटक हो