शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ:प्रधानमन्त्री कार्की

एक्सप्रेस पाना
मंसिर २७, २०८२ शनिबार
  • 110
    SHARES
  • एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ:प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील) सिजन २ को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् ।

    images

    सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन् ।

    उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टोलीलाई शुभकामना दिँदै यस प्रतियोगिताले सिंगो देशलाई जिताएको र जगाएको उल्लेख गरेकी छन् ।

    images

    उनले एनपीलले सारा नेपालीलाई एउटै भावनामा जोड्न सफल भएको बताउँदै, सुरक्षा सम्बन्धी आशंका चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वभर पुगेको उल्लेख गरेकी हुन् ।

    उनका अनुसार खेल केवल जित–हारमा सीमित नभइ राष्ट्रिय एकता, आत्मविश्वास र सम्भावनाको प्रतिक बनेको छ । उनले एनपीलको सफल आयोजनाका लागि आयोजक, खेलाडी, सुरक्षाकर्मी र खेलप्रेमी सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छन्।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री सुशीला कार्की