शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २: फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई दियो ८६ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २७, २०८२ शनिबार
  • 141
    SHARES
  • एनपीएल सिजन २: फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई दियो ८६ रनको लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । 

    images

    शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा १९.१ ओभरमा अलआउट हुदैँ ८५ रन बनाएको हो । 

    सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।

    images

    बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए ।

    रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ र तिलक भण्डारीले एक विकेट लिए ।
    सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # लुम्बिनी लायन्स