शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन २ को उपाधी

एक्सप्रेस पाना
मंसिर २७, २०८२ शनिबार
  • 303
    SHARES
  • सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन २ को उपाधी

    काठमाडौं ।  लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधी जितेको छ ।

    images

    शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स विजयी भएको हो । ८६ रनको लक्ष्य पछाएको लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा आक्रामक ब्याटिङ गर्दै आउट भए । डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भए । निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे ।

    images

    लुम्बिनीलाई उपाधि जिताउन बलिङतर्फ कप्तान रोहित पौडेल, शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३/३ विकेट लिए । प्रतियोगितामा पहिलो खेल जितेपछि लुम्बिनी लगातार तीन खेल हारेको थियो । तर त्यसपछिका हरेक खेल आफ्नो पक्षमा पार्दै लुम्बिनीले एनपीएलको पहिलो उपाधि उचालेको हो ।

    आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।

    यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/ १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहितकुमार पौडेलले समान तीन/तीन विकेट हात पारे । यस्तै, तिलक भन्डारीले एक विकेट लिए ।

    सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा निराश भएको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक पनि उस्तै नियति दोहोरियो । लुम्बिनीले भने प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्दै अन्ततः उपाधि जितेको छ ।

     

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # सुदूरपश्चिम रोयल्स