आइतबार, भाद्र २८ गते २०८३
images

एसिसी यु–१९ एसिया कप:बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
मंसिर २९, २०८२ सोमबार
  • 124
    SHARES
  • एसिसी यु–१९ एसिया कप:बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै छ । 

    images

    सोमबार दुबईमा जारी खेलमा बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निणय गरेको हो । 

    यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

    images

    प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।

  • सम्बन्धित विषय:

  • # यु–१९ एसिया कप