काठमाडौं । हर्षल पाठक नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार पाठकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
पाठकले यसअघि थाइल्यान्ड महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए।
नेपाली महिला टोलीले पाठकको नेतृत्वमा आगामी जनवरीमा हुने आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्नेछ । जसमा नेपालले थाइल्यान्ड, आयरल्याण्ड, स्कटल्याण्ड, बंगलादेश, अमेरिका, निजामिबिया टिमहरूसँग खेल्नेछ।



