शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत

एक्सप्रेस पाना
पौष ५, २०८२ शनिबार
  • 155
    SHARES
  • काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन् ।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए ।

    विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ । मैले यो विजयको कुरा गरेको होइन । म लड्नका लागि नै जन्मिएको मान्छे हुँ । म एउटा चुनावका लागि राजनीतिमा आएको होइन, एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ ।’

    images

    उनले देशका संरचना र नागरिकका सपना धराशायी भएको उल्लेख गर्दै त्यसको हिसाब खोज्नुपर्ने बताए । ‘देशका संरचनाहरू खरानी भएका छन्, हाम्रा सपनाहरू खरानी भएका छन् । त्यसको हिसाब कसले गर्ने ? ती सपना पूरा गर्न सबै मिल्न जरुरी छ । यिनीहरूलाई हराउन मात्र होइन, देशलाई जिताउन सक्नुपर्छ ।’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने